Wednesday, April 22, 2026

चुनावपछि सेयर बजारमा उत्साह: कारोबार सुरु भएको मिनेटमै नेप्सेमा सर्किट ब्रेक


काठमाडौं - निर्वाचनपछिको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा उल्लेख्य उछाल देखिएको छ। कारोबार सुरु भएको केही क्षणमै नेप्से सूचक तीव्र रूपमा बढ्दा सर्किट ब्रेक लागेको हो।

कारोबार सुरु भएको करिब एक मिनेटमै बजारमा पहिलो सर्किट ब्रेक लागू भएको थियो, जसपछि २० मिनेटका लागि कारोबार स्थगित गरिएको छ। त्यसबेलासम्म नेप्से सूचक १०८ अंक अर्थात् करिब ४ प्रतिशतले बढेर २८२१ अंकमा पुगेको थियो।

नियमअनुसार कारोबार सुरु भएको पहिलो एक घण्टाभित्र नेप्से ४ प्रतिशतले बढे वा घटेमा सर्किट ब्रेक लागू हुने व्यवस्था छ।

देशभर निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहँदा प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाइ नजिक पुगेको देखिएकाले लगानीकर्तामा सकारात्मक मनोविज्ञान बढेको विश्लेषण गरिएको छ।

पहिलो सर्किट ब्रेक लाग्दासम्म बजारका सबै समूहगत सूचकहरू हरियाली देखिएका छन् भने २२५ कम्पनीको सेयर मूल्य बढेको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like