Saturday, April 18, 2026

गोरखा–१ मा रास्वपाका सुधन गुरुङको फराकिलो अग्रता, कांग्रेस उम्मेदवार १० हजारभन्दा बढी मतले पछि


काठमाडौँ - गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुधन गुरुङले मतगणनामा उल्लेख्य अग्रता कायम गरेका छन्। पछिल्लो मतपरिणामअनुसार उनले आफ्ना निकटतम प्रतिस्पर्धीमाथि ठूलो मतान्तर बनाएका छन्।

सोमबार बिहान १०:२० बजेसम्म सार्वजनिक भएको अद्यावधिक विवरणअनुसार गुरुङले २४ हजार ५१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले १३ हजार ५११ मत ल्याएका छन्।

त्यस्तै नेकपाका उम्मेदवार हरिराज अधिकारीले १० हजार २३१ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार आरसी लामिछानेले ३ हजार ८० मत प्राप्त गरेका छन्।

हालसम्मको मतगणनाले गोरखा–१ मा रास्वपाका गुरुङको अग्रता मजबुत देखिएको छ भने अन्य उम्मेदवारहरू उनलाई पछ्याइरहेका छन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like