Monday, March 2, 2026

साम्बाको उपचारका लागि कांग्रेसको पाँच लाख सहयोग घोषणा, सर्वत्र साथ दिन आग्रह


काठमाडौँ - नेपाली कांग्रेसले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्री भण्डारी ‘साम्बा’को उपचारका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै अखिल नेपाल फुटबल संघ का अध्यक्ष पंकजविक्रम नेम्वाङ लाई दूरभाषमार्फत सम्पर्क गरी खेलाडी उपचार कोषमा पार्टीका तर्फबाट पाँच लाख रुपैयाँ सहयोग उपलब्ध गराइने बताएका हुन्।

उनले देशको प्रतिष्ठा उकास्न महत्वपूर्ण योगदान दिएकी चर्चित फुटबल खेलाडी साम्बालाई यस कठिन घडीमा सबैले साथ दिनुपर्ने उल्लेख गर्दै शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरेका छन्।

साम्बाले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो उपचारका लागि सहयोगको अपिल गरेकी थिइन्। त्यसपछि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम बढ्दो छ।

तर अखिल नेपाल फुटबल संघ र सरकारका तर्फबाट हालसम्म ठोस पहल नभएको भन्दै सामाजिक सञ्जालमा असन्तोष र आलोचना चुलिँदै गएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like