- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सांसदको रूपमा कार्य गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
अधिवक्ता आयुष बडाललगायतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन अवस्थामा रहेकाले सार्वजनिक पदमा रहेका लामिछाने स्वतः निलम्बनमा रहनुपर्ने दाबी गर्दै उनलाई सांसदको हैसियतमा काम गर्न रोक लगाउन आदेश माग गरेका हुन्।
तीन दिनअघि दायर गरिएको उक्त रिट सर्वोच्च अदालत प्रशासनले हालसम्म दर्ता गरेको छैन। प्रशासनले रिट दर्ता नगर्ने अवस्थामा दरपीठ आदेश जारी गर्नुपर्ने भए पनि हालसम्म कुनै निर्णय नभएको बताइएको छ।
सर्वोच्च स्रोतका अनुसार, दायर गरिएको निवेदनबारे माथिल्लो तहमा जानकारी गराएर मात्र प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ र त्यसैले हालका लागि निवेदन “होल्ड” मा राखिएको छ।
यसैबीच, पूर्वगृहमन्त्री लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासमा विचाराधीन छ। उक्त मुद्दाको सुनुवाइ आउँदो बिहीबारका लागि तोकिएको छ।