Tuesday, April 21, 2026

बचत अपचलन आरोपमा गतिशील सहकारीका अध्यक्ष बलराम पाठक ललितपुरबाट पक्राउ


काठमाडौं - गतिशील सहकारी संस्थाका अध्यक्ष बलराम पाठकलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई ललितपुरको इमाडोल क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

प्रहरीका अनुसार पाठकमाथि सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोप छ। सोही आरोपका आधारमा उनलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा एसपी गौतम मिश्रका अनुसार घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ। सहकारीमा संकलित रकम दुरुपयोग भएको विषयमा विस्तृत छानबिन भइरहेको प्रहरीले जनाएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like