- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ - नेकपा एमालेले राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि लीला कुमारी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुने समय तोकिएको छ। आज बसेको एमाले राष्ट्रिय सभा संसदीय दलको बैठकले भण्डारीको उम्मेदवारी अघि बढाउने निर्णय गरेको संसद सदस्य सोमनाथ पोर्तेल ले जानकारी दिएका छन्।
यसअघि एमालेकी बिमला सुवेदी उपाध्यक्ष थिइन्। उनका ६ वर्षे कार्यकाल पूरा भएसँगै उपाध्यक्ष पद अहिले रिक्त रहेको थियो।