Thursday, July 17, 2025

राष्ट्रिय परिचयपत्रको सर्भर डाउन, सेवाग्राही अलपत्र


काठमाडौं — राष्ट्रिय परिचयपत्रको सर्भर अवरुद्ध भएपछि अहिले नारायणहिटी परिसरमा पुगेका सयौं सेवाग्राही समस्यामा परेका छन्। सर्भर समस्या अझै समाधान नहुँदा सेवा लिन गएका नागरिकहरू अलमलमा परेका हुन्।

प्रहरीले नारायणहिटीस्थित गेटमै सेवाग्राहीलाई प्रवेश गर्न नदिएको गुनासो गरेका छन्। धेरैजसो सेवाग्राही लामो समय लाइनमा बसेपछि मात्र सर्भर नचलेको जानकारी पाएका थिए। उनीहरूले पूर्व जानकारी नदिइ एक्कासि सेवा अवरुद्ध भएपछि समय र श्रम दुवै खेर गएको भन्दै असन्तोष व्यक्त गरेका छन्।

एक कर्मचारीका अनुसार सर्भर कहिले सुचारु हुन्छ भन्ने निश्चित भन्न सकिने अवस्था छैन। सर्भर समस्या गएरातिदेखि देखिएको हो।

यसैबीच त्रिभुवन विश्वविद्यालय (त्रिवि) र त्यसअन्तर्गतका विभिन्न निकायहरू—त्रिवि सेवा आयोग, परीक्षा नियन्त्रण कार्यालय लगायतका वेबसाइटहरू पनि सर्भर डाउन हुँदा बन्द रहेका छन्। सेवाग्राही र विद्यार्थीहरू दुवै यस समस्याबाट प्रभावित भएका छन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like