- by समाचार कक्ष
- Mar 06, 2025
इंग्लिस क्लब चेल्सीले फ्रेन्च जायन्ट पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई ३–० ले पराजित गर्दै क्लब वर्ल्डकप २०२५ को उपाधि जितेको छ। आइतबार मेट लाइफ स्टेडियममा सम्पन्न फाइनलमा कोल पाल्मेर दुई गोलका साथ एक गोलमा सहायक बनेर निर्णायक प्रदर्शन गरे।
पाल्मेरले खेलको २२औं र ३०औं मिनेटमा दुई सुन्दर गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफको अन्त्यतिर जाओ पेड्रोले तेस्रो गोल थप्दै चेल्सीको जित सुनिश्चित गरे।
सन् २०२१ पछि दोस्रो पटक क्लब वर्ल्डकप उचाल्न सफल चेल्सीका लागि यो ऐतिहासिक जित रह्यो।
उता, उपाधिको प्रमुख दाबेदार मानिएको पीएसजीका लागि फाइनल निराशाजनक बन्यो। खेलको ८५औं मिनेटमा जाओ नेभेसले रातो कार्ड खाँदै मैदान छाडेपछि पीएसजी १० खेलाडीमा सिमित हुन बाध्य भयो। त्यसपछि पनि टोलीले खेलमा फर्किने कुनै सम्भावना देखाएन।
चेल्सीको अनुशासित र आक्रामक खेलशैलीले फाइनलमा पूर्ण दबदबा कायम राखेको देखियो।