Friday, April 17, 2026

रास्वपा बैठकमा रविको कडा निर्देशन-‘आफन्तलाई नियुक्ति दिलाउने प्रयास नगर्नू’


काठमाडौंमा बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले सांसदहरूलाई आफन्त तथा साथीभाइलाई नियुक्ति दिलाउन नलाग्न स्पष्ट निर्देशन दिएका छन्।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको बैठकमा बोल्दै उनले पार्टीका जनप्रतिनिधिहरूलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न आग्रह गरेका थिए। उनका अनुसार, जनताको विश्वास र संघर्षको परिणामस्वरूप प्राप्त जिम्मेवारीलाई गम्भीरतापूर्वक लिन आवश्यक छ।

सभापति लामिछानेले आफूहरू युवापुस्ताको त्याग र योगदानबाट यो स्थानमा पुगेको उल्लेख गर्दै त्यसलाई कहिल्यै नबिर्सन सांसदहरूलाई स्मरण गराएका थिए।

बैठकमा संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहको पनि उपस्थिति रहेको थियो। यद्यपि, उनले बैठकमा कुनै प्रतिक्रिया नजनाएको बताइएको छ।

यसैबीच, बैठकले उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबी ठाकुरलाई समर्थन गर्ने निर्णय पनि गरेको छ। रास्वपाको समर्थनमा उनले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएकी थिइन् र आज निर्वाचन हुने कार्यक्रम रहेको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like