Monday, March 2, 2026

राप्रपा उम्मेदवार स्वागत नेपाललाई साइबर ब्युरोले सोधपुछका लागि बोलायो


काठमाडौं, ८ माघ - अधिवक्ता तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधिसभा उम्मेदवार स्वागत नेपाल (भद्रप्रसाद नेपाल) लाई प्रहरीले केन्द्रीय साइबर ब्युरोमा उपस्थित हुन बोलाएको छ।

साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थलीले नेपालसँग केही विवरण बुझ्न आवश्यक भएकाले उनी बोलाइएको पुष्टि गरेका छन्। एसपी अवस्थलीले बताए अनुसार, “हामीले हिजो टेलिफोनमार्फत उपस्थित हुन भनेका थियौं, तर उहाँ अहिलेसम्म आइपुगेका छैनन्।”

नेपाललाई सामाजिक सञ्जालमा व्यक्त गरेका अभिव्यक्तिसँग सम्बन्धित विषयमा बुझ्न साइबर ब्युरोले बोलाएको बताइएको छ। प्रहरीले अहिलेसम्म यो उजुरी कसले दायर गरेको वा के विषयमा हो भन्ने खुलाएको छैन।

उल्लेखनीय छ, नेपाल ५ माघमा राप्रपामा प्रवेश गरेका थिए र हाल झापा-२ क्षेत्रबाट उम्मेदवारी दिएका छन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like