Monday, June 1, 2026

१६ पटकसम्म ट्राफिक नियम तोड्ने ३१ चालकको लाइसेन्स निलम्बन सिफारिस


काठमाडौं उपत्यकामा बारम्बार ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ जना चालकको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छ महिनाका लागि निलम्बन गर्न सिफारिस गरिएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले १६ पटकसम्म ट्राफिक नियम उल्लङ्घन गरेको पाइएपछि ती चालकहरूको लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभाग लाई पत्राचार गरेको जनाएको छ।

कार्यालयका प्रवक्ता नवराज अधिकारी का अनुसार पटक-पटक कारबाही र जरिवाना हुँदा पनि अटेर गर्दै नियम उल्लङ्घन दोहोर्‍याउने चालकविरुद्ध कडा कदम चालिएको हो।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको लाइसेन्स छ महिनासम्म निलम्बन गर्न सकिने कानुनी व्यवस्था छ। सोही प्रावधानअनुसार ट्राफिक प्रहरीले कडा निगरानी र कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार जरिवाना मात्रै प्रभावकारी नभएपछि चालकहरूलाई नियम पालनातर्फ जिम्मेवार बनाउन लाइसेन्स निलम्बनको प्रक्रिया सुरु गरिएको हो। निलम्बनमा परेका चालकहरूले आगामी ६ महिनासम्म कुनै पनि सवारीसाधन चलाउन पाउने छैनन्।

ट्राफिक प्रहरीको विश्वास छ कि यस्तो कारबाहीले काठमाडौं उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्‍याउनेछ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like