- by समाचार कक्ष
- Mar 06, 2025
सिरहा – नेकपा एमालेकी पूर्व समानुपातिक सांसद जानकी देवी रामले एमाले छाडेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेकी छन्।
एमाले छाडेको घोषणा उनी २ फागुनमा गरिसकेकी थिइन्। आज सिरहा क्षेत्र नं. ३ का उम्मेदवार तथा नेकपा केन्द्रीय कमिटी सदस्य विश्वनाथ साहले रामलाई पार्टीमा स्वागत गरेका छन्।
जानकी देवी राम २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा दलित समुदायको कोटाबाट समानुपातिक सांसद बनेकी थिइन्। संसदमा रहँदा उनले समावेशीता, सामाजिक न्याय र अधिकार सुनिश्चितका विषयमा सक्रिय भूमिका निभाएकी थिइन्।
एमालेभित्र बढ्दो स्वेच्छाचारिता र व्यक्तिवादी कार्यशैली उनका प्रमुख असन्तोषका कारण रहेको उनी बताउँछिन्। उनले बारम्बार रचनात्मक आवाज उठाए पनि नेतृत्वले कुनै सुनुवाइ नगरेपछि पार्टी छाड्न बाध्य भएको बताइन्।
रामले थपे, “विचारभन्दा व्यक्तिको वर्चस्व हावी हुनु, इमान्दार कार्यकर्ताहरू निरुत्साहित हुनु र संगठनात्मक मूल्य कमजोर हुनु जस्ता कारणले आफू बाध्य भएर पार्टी छाड्नु परेको हो।”