प्रधानमन्त्रीको पहलः सातै प्रदेशका मुख्यमन्त्रीसँग आज पहिलो समन्वय बैठक
-
By
समाचार कक्ष
-
Apr Thu, 2026
-
in
समाचार
३ वैशाख, काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहले पदभार ग्रहण गरेपछि पहिलोपटक आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्ने भएका छन्।
दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने उक्त बैठकमा विकास निर्माणका कामलाई तीव्रता दिने, स्रोत–साधनको न्यायोचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेशहरूले सामना गरिरहेका प्रशासनिक र आर्थिक चुनौतीहरूको समाधानबारे केन्द्रित छलफल हुने जनाइएको छ।
बैठकमा राष्ट्रिय प्राथमिकताका योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशबीचको सहकार्य कसरी सुदृढ बनाउन सकिन्छ भन्ने विषय पनि प्रमुख एजेन्डाका रूपमा रहनेछ।
त्यसैगरी, मुलुकको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार र सुशासन प्रवर्द्धनका विषयमा साझा समझदारी कायम गर्ने प्रयास हुने अपेक्षा गरिएको छ।
यस बैठकलाई संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयन र जनतासम्म प्रत्यक्ष लाभ पुर्याउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।