Wednesday, April 15, 2026

प्रधानमन्त्रीको भारत भ्रमण अझै अनिश्चित: प्राथमिकता तय भएपछि मात्र उच्चस्तरीय भ्रमण


काठमाडौं - परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे अझै अन्तिम निर्णय नभएको स्पष्ट पारेका छन्। भारतीय प्रधानमन्त्रीबाट निम्तो आइसके पनि भ्रमणको मिति भने तय हुन बाँकी रहेको उनले बताएका छन्।

मोरिसस भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट बधाई सन्देशसँगै भ्रमणको निम्ता आएको जानकारी दिए।

उनका अनुसार हालै भारतका विदेशमन्त्रीसँग भएको संवादमा पनि यस विषयमा छलफल भएको थियो। उनले नेपाल सरकारले आफ्नो प्राथमिकता निर्धारण गरेपछि र दुवै देशबीचका प्राविधिक संयन्त्रहरू सक्रिय भई तयारी पूरा भएपछि मात्र उच्चस्तरीय राजनीतिक भ्रमण अघि बढ्ने बताएका छन्।

नेपाल र भारतबीच ४० भन्दा बढी द्विपक्षीय संयन्त्र रहेको उल्लेख गर्दै उनले केही संयन्त्र निष्क्रिय अवस्थामा रहेको र तिनीहरूलाई सक्रिय बनाउनुपर्ने आवश्यकता औंल्याए।

मन्त्री खनालले प्राविधिक तयारी पूरा भइसकेपछि मात्रै उच्चस्तरीय भ्रमण गर्ने रणनीति रहेको स्पष्ट पारे।

उनी नवौं भारतीय महासागर सम्मेलनमा सहभागी हुन चैत २७ गते मोरिसस गएका थिए। सो क्रममा भारतका विदेशमन्त्री एस जयशंकरसँग उनको साइडलाइन भेटवार्ता समेत भएको थियो।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like