Thursday, September 4, 2025

प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनबीच चीनमा द्विपक्षीय भेटवार्ता सम्पन्न


चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच चीनको तियान्जिनस्थित मेइजिङ सम्मेलन केन्द्रमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। प्रधानमन्त्री ओली शाङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन शनिबार चीन गएका थिए।

भेटवार्ता निर्धारित समयभन्दा केही ढिलो भएको थियो, किनभने एससीओ प्लसको बैठक लम्बिएको कारण दुवै नेताबीचको बैठक पछि सारिएको थियो। बैठकमा आपसी सम्बन्ध सुदृढ गर्ने तथा क्षेत्रीय सहयोगका विविध आयामहरूमा छलफल भएको बताइएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like