Thursday, September 4, 2025

डा. गोविन्द केसीले तोडे अनशन


१७ भदौ, काठमाडौं । 

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आज आफ्नो अनशन तोडेका छन्। उनले गेटा मेडिकल कलेजमा उपचाररत बिरामी पृतम चौधरीको हातबाट जूस पिएर दिउँसो २ बजे अनशन टोडेका गरे।

गत आइतबार देखि अनशनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो। मंगलबार बिहान उनको मुटुको धड्कनमा अनियमितता देखिएको उनका सहयोगी डा. अमृत जैसीले बताए। 

डा. केसीले भने, “उहाँको स्वास्थ्य कमजोर हुँदै गएको छ। मांसपेशी दुख्ने र बाउँडिने जस्ता समस्या देखिएका छन्। तर, चिकित्सकको सल्लाह अनुसार थप उपचारका लागि उहाँ तयार हुनुभएको छैन।”

डा. केसीले निजी मेडिकल कलेजको सिट संख्या वृद्धि र अन्य निर्णयको विरोधमा आइतबार देखि सत्याग्रह सुरु गरेका थिए। 

चिकित्सा शिक्षा आयोगले साउन ३० मा बसेको बैठकमा निजी मेडिकल कलेजलाई एमबीबीएस का लागि १३० सिट दिने निर्णय गरेको थियो। मापदण्ड पूरा नगरी सिट संख्या बढाउँदा शिक्षाको गुणस्तर खस्कने र स्वास्थ्य सेवामा कमी आउने उनको तर्क छ। 

डा. केसी भन्छन्, “निजी मेडिकल कलेजको सिट वृद्धिले नेता र माफियाको फाइदा हुन्छ, तर शिक्षाको स्तर घट्छ। यसले स्वास्थ्य सेवाको गुणस्तरमा कमी आउँछ, जसले आम नेपालीको स्वास्थ्यमा असर गर्छ।”

चिकित्सा शिक्षा आयोगको पछिल्लो निर्णयले विद्यार्थी र जनताको हित नभई शिक्षा र स्वास्थ्य प्रणालीलाई जोखिममा पारेको डा. केसीको भनाइ छ। 

सत्याग्रहका क्रममा उनले निजी मेडिकल कलेजको सिट संख्या घटाउन, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज र अस्पताल स्थापना गर्न, कैलालीको गेटामा बनेको शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्न माग राखेका छन्। 

यसैगरी, विगतका सम्झौताअनुसार एकीकृत प्रतिष्ठान ऐन, उच्च शिक्षा ऐन, गैरनाफामूलक मेडिकल शिक्षा र दरबन्दीसम्बन्धी प्रावधान कार्यान्वयन गर्न पनि उनले आग्रह गरेका छन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like