Monday, March 2, 2026

प्रजातन्त्र दिवसमा प्रधानमन्त्री कार्कीको सन्देश: ‘भ्रष्टाचार र विभेद अन्त्य गर्दै स्वच्छ निर्वाचनतर्फ अघि बढौँ’


काठमाडौं। ७६औँ प्रजातन्त्र दिवसका अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेकी छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले २००७ सालको जनक्रान्तिले नेपाली जनतालाई रैतीबाट नागरिकको हैसियतमा स्थापित गरेको ऐतिहासिक तथ्य स्मरण गरिन्। साथै, २०१५ सालमा यही दिनबाट पहिलो संसदीय निर्वाचन प्रारम्भ भएको उल्लेख गर्दै उनले आजको दिनलाई ‘निर्वाचन दिवस’ का रूपमा पनि स्मरण गरिन्।

उनले लोकतन्त्रलाई व्यवहार र जीवनशैलीमा रुपान्तरण गर्न नेतृत्व तहबाट कमजोरी भएको स्वीकार गर्दै पटक–पटक आन्दोलनको अवस्थासम्म पुग्नुपरेको बताइन्। अब यस्तो परिस्थितिको अन्त्य गर्न आवश्यक रहेको उल्लेख गर्दै भ्रष्टाचार, नातावाद र विभेदविरुद्धको अभियानलाई संस्थागत सुधारमार्फत सम्बोधन गर्नुपर्नेमा जोड दिइन्।

प्रधानमन्त्रीले स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचनमार्फत लोकतान्त्रिक स्थायित्व सुनिश्चित गर्दै समृद्ध नेपाल निर्माणका लागि सबैलाई एकजुट हुन आह्वान गरिन्।

यस अवसरमा उनले प्रजातन्त्र र सुशासनका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकी छन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like