Monday, March 2, 2026

“पहिलो पार्टी भए मात्र सरकारमा जाने” - प्रदीप पौडेलको स्पष्ट घोषणा


काठमाडौं, ७ फागुन - प्रदीप पौडेलले नेपाली कांग्रेसको मुख्य लक्ष्य अब बहुमत ल्याउनमा केन्द्रित रहेको स्पष्ट पारेका छन्।

पार्टीको स्याङ्जा–काठमाडौं सम्पर्क समितिको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, “यदि कांग्रेस पहिलो पार्टी बनेर बहुमत ल्याउँछ भने मात्रै सरकारको नेतृत्व गर्ने दाबी गर्नेछौँ। ठूलो पार्टी भए पनि नेतृत्व नपाए सरकारमा हामी जानेछैनौँ।”

पौडेलले विगतका अनुभवलाई स्मरण गर्दै हिजो ठूलो पार्टी भएर पनि कांग्रेसलाई सरकारको नेतृत्व गर्न नदिँदा दोस्रो वा तेस्रो पार्टीको नेतृत्वमा जाने क्रममा गल्ती भएको बताए। उनले थपे, “हिजो गरेका गल्तीहरू दोहोर्याउने छैनौँ। संसदीय व्यवस्थामा पहिलो र दोस्रो पार्टी मिलेर सरकारमा जाने प्रथा हामी पालना गर्नेछैनौँ।”

उनले नेतृत्व परिवर्तनपछि पार्टीको लोकप्रियता देशभर बढेको र नयाँ सोचका साथ कांग्रेसले सरकारको नेतृत्व गर्ने तयारीमा रहेको पनि बताए।

यो वक्तव्यले पार्टीभित्रै स्पष्ट नीति र सत्ता प्रयोगमा नयाँ दृष्टिकोणको संकेत दिएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like