Wednesday, April 15, 2026

नयाँ वर्षको सुरुवातमै सेयर बजारमा उत्साह: नेप्से ३३ अंकले उकालो


काठमाडौं, २ वैशाख - नयाँ वर्ष २०८३ को पहिलो कारोबार दिन बुधबार सेयर बजारमा सकारात्मक संकेत देखिएको छ। नेप्से परिसूचक ३३.२७ अंकले वृद्धि भई २८६६ अंकमा पुग्दै वर्षको सुरुवात उत्साहजनक बनेको हो।

कारोबारका क्रममा दिउँसो १:०७ बजे परिसूचक २८७९ अंकसम्म उक्लिए पनि त्यसपछि केही घटेर स्थिर बनेको थियो। यस दिन कारोबार रकम पनि उल्लेखनीय रूपमा बढ्दै १० अर्ब ५३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको ८ अर्ब ६६ करोडको तुलनामा उच्च हो।

कुल २२१ कम्पनीको सेयर मूल्य बढ्दा ४५ कम्पनीमा गिरावट आएको छ भने ३ कम्पनी स्थिर रहेका छन्। सबै समूहगत सूचकहरू हरियालीमा देखिएका छन्, जसमा होटल तथा पर्यटन क्षेत्र सर्वाधिक ३.१६ प्रतिशतले बढेको छ।

अन्य क्षेत्रहरूमा पनि सुधार देखिएको छ-बैंकिङ १.३० प्रतिशत, विकास बैंक १.५३, फाइनान्स १.२१, हाइड्रोपावर २.१४, लगानी ०.८९, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.११, माइक्रोफाइनान्स ०.६४, निर्जीवन बीमा ०.३९, अन्य ०.१० र व्यापार समूह २.३३ प्रतिशतले उकालो लागेका छन्।

यस दिन ७ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ। तीमध्ये पाल्पा सिमेन्ट, होटल फरेस्ट इन, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, सुपर खुदी हाइड्रोपावर, शिखर पावर र सिन्धु विकास बैंक प्रमुख छन्।

यता, रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य सबैभन्दा धेरै ५.६१ प्रतिशतले घटेको छ भने उपकार लघुवित्तमा पनि ४.४४ प्रतिशत गिरावट आएको छ।

कारोबारको आधारमा शिवम् सिमेन्ट, नेसनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र रिडी पावर शीर्ष स्थानमा रहेका छन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like