- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । विशेष महाधिवेशनमार्फत सभापतिमा निर्वाचित गगन थापाको नेतृत्वमा रहेको कार्यसमिति भोलि पार्टी मुख्यालय सानेपा जाने भएको छ। सभापति थापाले भोलिका लागि पार्टी बैठक आह्वान गरेअनुसार कार्यसमिति सानेपा पुग्न लागेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
उनका अनुसार भोलि सानेपामै नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पनि आयोजना हुनेछ।
शेरबहादुर देउवा पक्षका नेताहरूले विशेष महाधिवेशनमा सहभागी हुन अस्वीकार गरेपछि गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन सम्पन्न भएको थियो। सो महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले औपचारिक मान्यता दिइसकेको छ।
यसअघि देउवा समूहले सानेपामा भेला गरिरहेका बेला थापाले केन्द्रीय समिति बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा आयोजना गरेका थिए। तर थापाको हस्ताक्षरलाई मान्यता दिँदै देउवा पक्षका नेताहरू पनि निर्वाचन प्रक्रियामा सहभागी भएपछि सभापति थापा पहिलोपटक पार्टी मुख्यालय सानेपा जान लागेका हुन्।