Monday, March 2, 2026

नवलपरासी रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश, चुनावी प्रतिस्पर्धामा हलचल


काठमाडौं – नवलपरासीका रास्वपा सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र पार्टीका नेता खादामालाले उनलाई कांग्रेसमा स्वागत गरे। ठकुरी नवलपरासी–बर्दघाट चौपतामा आयोजित चुनावी सभामा औपचारिक रूपमा कांग्रेस प्रवेश गरेका हुन्।

ठकुरीले रास्वपा छोडेर “कागजी बाघ छोडेर असली बाघ कांग्रेस रोजेको” बताएका छन्। उनी पछिल्लो समय टिकट वितरणमा असन्तुष्ट थिए। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ठकुरीले १२ हजार ४९९ मत प्राप्त गरेका थिए।

चुनावको पूर्वसन्ध्यामा ठकुरीको कांग्रेस प्रवेशले रास्वपालाई झटका पुगेको छ। रास्वपाले कांग्रेसका लुम्बिनी प्रदेश पूर्वमहामन्त्री विक्रम खनाललाई टिकट दिएको निर्णयप्रति ठकुरी असन्तुष्ट थिए। यसअघि ठकुरीका दाइ, गुप्तसेन ठकुरी, पनि केही दिन अघि रास्वपा छोडेका थिए।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like