Monday, March 2, 2026

निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या काम गरेर समाधान गर्छौं : रवि लामिछाने


४ फागुन, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आगामी निर्वाचनपछि देशमा बलियो सरकार गठन हुने र जनताका समस्या प्रभावकारी रूपमा समाधान गरिने दाबी गरेका छन्।

सोमबार चितवन स्थित कालिका नगरपालिका–३ मा आयोजित स्थानीयसँगको छलफल कार्यक्रममा बोल्दै उनले हाल देशव्यापी रूपमा रास्वपाको पक्षमा सकारात्मक माहोल सिर्जना भएको उल्लेख गरे। यही जनसमर्थनले आगामी निर्वाचनपछि स्थिर र सक्षम सरकार निर्माण हुने विश्वास उनले व्यक्त गरे।

लामिछानेले विगतमा सरकारमा रहँदा जनताका समस्या समाधानका लागि धेरै प्रयास गरे पनि अपेक्षाअनुसार सबै काम पूरा गर्न नसकिएको स्वीकार गरे।

‘पहिला चितवनबाट सुरुआत गर्दा त्यति अनुकूल वातावरण थिएन,’ उनले भने, ‘तर अहिले बलियो सरकार बन्ने आशा पलाएको छ। सुकुम्बासी समस्याबारे म पहिलेदेखि नै जानकार छु। अब नेताहरूले शब्दभन्दा कामबाट परिणाम देखाउनुपर्छ।’

कार्यक्रममा कालिका–३ का स्थानीय बासिन्दाले सुकुम्बासी समस्या समाधानका लागि पटक–पटक आश्वासन पाए पनि व्यवहारमा कार्यान्वयन नभएको गुनासो गर्दै लामिछानेको ध्यानाकर्षण गराएका थिए।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like