Monday, March 2, 2026

“निर्वाचनले अन्य क्षेत्रको विकासमा बाधा पुर्‍याएको छ” : अर्थमन्त्री रामेश्वर खनालको विश्लेषण


काठमाडौं । रामेश्वर खनालले निर्वाचनको तयारीका कारण अन्य क्षेत्रको विकासमा पर्याप्त ध्यान दिन सकिएको छैन भनी स्वीकार गरेका छन्।

शुक्रबार ललितपुरमा नेपाल पर्यटन बोर्ड र परिसूचक मिडियाले आयोजना गरेको नेपाल पर्यटन गोष्ठीमा अर्थमन्त्री खनालले जेनजी आन्दोलनपछि गठन भएको सरकारले धेरै चुनौती र संशयकाबीच पनि तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने वातावरण तयार गर्न सफल भएको बताए।

खनालका अनुसार, “सरकारले सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रीत गर्नुपर्दा अन्य क्षेत्रका विकास कार्यमा अपेक्षित गति लिन सकिएको छैन।” उनले पर्यटन क्षेत्रलाई उद्योगले पाएको सुविधा बजेटमार्फत प्रवाह गर्ने प्रयास भइरहेको भए पनि अहिलेसम्म पूर्ण रूपमा कार्यान्वयन नभएको उल्लेख गरे।

उहाँले वर्तमान सरकारलाई सुम्पिएको जिम्मेवारीमा भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम राख्ने लक्ष्य रहेको बताए। यस क्रममा कतिपय सुधारका कामहरू पनि अघि बढाइएको उनले बताए। साथै, भविष्यको सरकारले सुरु भएका सुधारलाई निरन्तरता दिन सक्नेगरी कार्यविधि र नियममा आवश्यक परिवर्तनहरू गरिएको जानकारी पनि उनले साझा गरे।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like