- by समाचार कक्ष
- Mar 06, 2025
बुधबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विद्यमान निर्वाचन ढाँचाकै कारण महिलाको उम्मेदवारी अपेक्षाकृत न्यून रहेको स्पष्ट पारिन्। उनका अनुसार निर्वाचन प्रक्रिया अत्यधिक खर्चिलो भएकाले प्रत्यक्षतर्फ महिला उम्मेदवारको संख्या बढ्न नसकेको हो।
उपाध्यक्ष घिमिरेले आफूलाई समेत प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्न पार्टीले प्रस्ताव गरे पनि उच्च खर्चका कारण उम्मेदवारी दिन हिम्मत नगरेको उल्लेख गरिन्।
साथै, उनले समानुपातिक प्रणालीबाट निर्वाचित सांसदलाई प्रत्यक्षतर्फका सांसदभन्दा कमजोर ठान्ने धारणा गलत भएको जिकिर गरिन्। देशभरका मतदाताको मतका आधारमा समानुपातिक सांसद चयन हुने भएकाले उनीहरूलाई कम आँक्नु उचित नहुने उनको भनाइ थियो।