- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ प्रहरीले गुण्डागर्दीसम्बन्धी आरोपमा ‘निरे’ उपनामले चिनिने निराजन पौडेललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। काठमाडौँ महानगरपालिका–३, बसुन्धाराका बासिन्दा रहेका पौडेललाई वैशाख ३ गते पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिएका छन्।
प्रहरीका अनुसार पछिल्लो समय ठेक्कापट्टामा संलग्न रहँदै आएका पौडेल मिलन चक्रे समूहसँग आवद्ध भएर आपराधिक गतिविधिमा संलग्न रहेको आशंका गरिएको छ। उनीविरुद्ध यसअघि हातहतियार, ज्यान मार्ने उद्योग तथा अभद्र व्यवहारसम्बन्धी गरी ६ वटा मुद्दा दर्ता भइसकेका छन्। हाल उनीमाथि सातौँ मुद्दाअन्तर्गत अनुसन्धान भइरहेको छ।