Monday, June 1, 2026

नेपाल दलित संघका अध्यक्ष विश्वकर्माको राजीनामा, पारिवारिक र स्वास्थ्य कारण देखाए


काठमाडौं - नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले आफ्नो पदबाट राजीनामा दिएका छन्।

विश्वकर्माले सोमबार पार्टी सभापति गगनकुमार थापासमक्ष औपचारिक रूपमा राजीनामा बुझाएका हुन्। उनले आफ्नो राजीनामा पत्रमा पारिवारिक तथा स्वास्थ्य समस्याका कारण जिम्मेवारी निरन्तर निर्वाह गर्न असमर्थ भएको उल्लेख गरेका छन्।

निवर्तमान सभापति शेरबहादुर देउवाले २०८० असोज १३ गते विश्वकर्मालाई नेपाल दलित संघको केन्द्रीय अध्यक्षमा नियुक्त गरेका थिए।

यसअघि पनि नेपाली कांग्रेसकै भ्रातृ संगठन नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले सभापति थापासमक्ष राजीनामा बुझाइसकेका थिए।

हाल पार्टीका भ्रातृ संगठनहरूमा नेतृत्व परिवर्तन र राजीनामाको क्रम देखिन थालेको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like