Thursday, September 4, 2025

निजी विद्यालय सञ्चालकहरूको स्कुल बस र्‍याली, शिक्षा विधेयक सच्याउन दबाब


१६ भदौ, काठमाडौं — विद्यालय शिक्षा विधेयकको प्रावधानविरुद्ध निजी विद्यालय सञ्चालकहरूले आज काठमाडौंको चक्रपथ क्षेत्रमा स्कुल बससहितको प्रदर्शन गरेका छन्।

'पूर्ण छात्रवृत्ति' र 'गैरनाफामूलक' बनाउने जस्ता विधेयकका शब्दावलीमा आपत्ति जनाउँदै उनीहरूले सरकारलाई विधेयक सच्याउन दबाब दिइरहेका छन्। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित विधेयकमा निजी क्षेत्रको स्वतन्त्रता हनन हुने खतराप्रति उनीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएलगायत निजी विद्यालय सञ्चालक संघसंस्थाहरूको संयुक्त आह्वानमा स्कुल बसहरूको र्‍याली निकालिएको हो। चक्रपथको एक लेनभरि लामबद्ध भएका पहेँला स्कुल बसहरूको प्रदर्शनले केही स्थानमा अन्य सवारी साधनको आवागमन प्रभावित भएको थियो।

संघसंस्थाहरूले शिक्षा विधेयकमा आवश्यक संशोधन नगरे आन्दोलन थप चर्किने चेतावनी दिएका छन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like