- by समाचार कक्ष
- Mar 06, 2025
१५ माघ, काठमाडौं । चीनले म्यानमारको सीमावर्ती क्षेत्रमा सक्रिय अनलाइन ठगी र संगठित अपराध सञ्चालन गर्दै आएको कुख्यात मिंग परिवारका ११ सदस्यलाई मृत्युदण्ड दिएको छ।
झेजियाङ प्रान्तको अदालतले सेप्टेम्बरमा ती व्यक्तिहरूलाई हत्या, अवैध थुनछेक, आर्थिक ठगी तथा जुवा अखडा सञ्चालनजस्ता गम्भीर अभियोगमा दोषी ठहर गरेको थियो। अदालतको फैसलापछि चीनको सर्वोच्च जनअदालतले प्रस्तुत प्रमाणहरू पर्याप्त र स्पष्ट रहेको ठहर गर्दै मृत्युदण्डलाई अन्तिम स्वीकृति दिएको हो।
दक्षिण–पूर्वी एशियामा फैलँदै गएको साइबर अपराध र मानव तस्करीविरुद्ध चीनले चालेको यो कदम हालसम्मकै सबैभन्दा कडा कारबाहीका रूपमा हेरिएको छ। ती स्क्याम केन्द्रहरूमा विभिन्न देशबाट तस्करी गरी ल्याइएका व्यक्तिहरूलाई बन्धक बनाइ विश्वव्यापी अनलाइन ठगीमा प्रयोग गरिँदै आएको थियो।
हालका महिनाहरूमा चीनले म्यानमार तथा अन्य छिमेकी राष्ट्रहरूसँग सहकार्य गर्दै हजारौँ संदिग्ध अपराधीलाई पक्राउ गरी स्वदेश फर्काइसकेको छ।