Monday, March 2, 2026

मतदानको दिन याद राख्नुपर्ने ७ मुख्य कुरा: मतदाता परिचयपत्र लिएर जानु अनिवार्य


काठमाडौं, २९ माघ - निर्वाचन आयोगले आगामी मतदानको दिन मतदातालाई आवश्यक कागजात लिएर मतदान स्थलमा पुग्न आग्रह गरेको छ। आयोगका अनुसार मतदान गर्न जाँदा मतदाता परिचयपत्र अनिवार्य छ।

यदि मतदाता परिचयपत्र नभए, आयोगले तोकेका अन्य कागजात लिई पनि मतदान गर्न सकिन्छ। वैकल्पिक कागजातमा नेपाली नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र, वा जग्गाधनी प्रमाण पूर्जा मध्ये कुनै एउटा हुनुपर्छ।

मतदान स्थलमा पुग्दा मतदान कार्यमा खटिएका कर्मचारीलाई आफ्नो परिचयपत्र वा तोकिएको वैकल्पिक कागजात देखाएर मात्र मतदान गर्न पाइन्छ।

निर्वाचन आयोगले विशेष व्यवस्था गर्दै गर्भवती, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी, र लैंगिक/यौनिक अल्पसंख्यक मतदातालाई लाइनमा नबसाई प्राथमिकता दिन सुनिश्चित गरेको छ।

सामान्य मतदाताहरू भने महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनमा बसेर मतदान गर्ने व्यवस्था गरिएको छ।

मतदान प्रक्रिया अन्तर्गत देब्रे हातको बुढी औंलाको नङ र मासुबीच मसी लगाइएपछि मतदान गरिन्छ, जसले मतदानको प्रमाण सुनिश्चित गर्दछ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like