Monday, March 2, 2026

मत सर्वेक्षणमा कडाइको चेतावनी: निर्वाचनविरुद्ध भ्रम फैलाए कारबाही गरिने आयुक्त भण्डारीको स्पष्ट सन्देश


काठमाडौं - निर्वाचन आयोग नेपाल का कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी ले निर्वाचनको वातावरण निर्माणमा सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताएका छन्। आयोगले निर्वाचन कार्यक्रम अघि बढाइरहेको अवस्थामा त्यसलाई सकारात्मक दिशामा लैजान मिडियाले जिम्मेवार भूमिका खेल्नुपर्ने उनले उल्लेख गरे।

गोरखापत्र एकेडेमी द्वारा आयोजित निर्वाचन समाचार अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले संविधानको रक्षा र संस्थागत स्थायित्वका लागि निर्वाचन अपरिहार्य भएको बताए। “निर्वाचनको विकल्प निर्वाचन नै हो, यसलाई कसैले बिथोल्न नहोस्,” भन्दै उनले कुनै पनि प्रकारको भ्रम, उत्तेजना वा दुष्प्रचार नगर्न आग्रह गरे।

उनले केही सञ्चारमाध्यमबाट आचारसंहिता उल्लङ्घन भएकोप्रति चिन्ता व्यक्त गर्दै मत सर्वेक्षण प्रकाशन वा प्रसारणमार्फत मतदातालाई भ्रमित पार्ने कार्य दोहोरिए कानुनअनुसार कारबाही गरिने चेतावनी दिए। पटक–पटक सचेत गराउँदा पनि अटेरी गरिएको उल्लेख गर्दै उनले आवश्यकता परे संवैधानिक व्यवस्था अनुसार कडा कदम चालिने स्पष्ट पारे।

यसपटक निर्वाचनप्रति देखिएको उत्साह विगतभन्दा फरक र उल्लेखनीय रहेको बताउँदै उनले सबै पक्षलाई जिम्मेवार र संयमित भूमिका निर्वाह गर्न आह्वान गरे।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like