- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ।
उनीहरूविरुद्ध शोभा भनिने जानुका पाठकले ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा जाहेरी दिएकी थिइन्। उक्त मुद्दामाथि सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजलासले बिहीबार अम्बिका बस्नेत र शर्मिला बस्नेतलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
यस्तै, अन्य ८ जनालाई जनही २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। धरौटी रकम तोकिएका अन्य व्यक्तिहरूमा गीता पण्डित, प्रगति थापा, सोनु बराल, जानुका बस्नेत, रेखा न्यौपाने, सबिना केसी, कमला बस्नेत र निता खत्री रहेका छन्।
महेश बस्नेतकी पत्नीसहित सबै आरोपितलाई प्रहरी हिरासतबाटै अदालतमा उपस्थित गराइएको थियो।