Thursday, July 17, 2025

लम्पी स्किन भाइरस नवलपरासीमा फैलिँदै, ३४ पशु संक्रमित – पशुपालक चिन्तित


१ साउन, नवलपरासी – बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा लम्पी स्किन रोग फैलिँदै गएको छ। जिल्लामा हालसम्म ३४ वटा गाई, भैंसी लगायतका पशुमा संक्रमण पुष्टि भएको छ। खासगरी खोप नलगाएका पाडापाडी तथा बाच्छाबाच्छीमा रोग देखिन थालेपछि थप फैलिने जोखिम बढेको हो।

नवलपरासी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. श्रवणकुमार चौधरीका अनुसार सुनवल, बर्दघाट, सुस्ता, प्रतापपुर र रामग्राम क्षेत्र रोग प्रभावित छन्। डा. विभूति सिंहका अनुसार संक्रमित क्षेत्रमा नियमित उपचार र अनुगमन कार्य जारी छ।

हालसम्म यो रोगका कारण पशु मृत्युदर धेरै उच्च नभए पनि दूध उत्पादनमा आएको गिरावटले किसानहरूमा चिन्ता थपिएको छ। डा. चौधरीले लम्पी स्किन लागेपछि गाईभैंसीमा ज्वरो आउने, खान कम हुने, दूध घट्ने, शरीरका विभिन्न भाग सुन्निने, छालामा घाउ देखिने लगायतका लक्षण देखिने जानकारी दिए।

लम्पी स्किन भाइरस नेपालमा पहिलो पटक २०७७ असार १० गते मोरङको सुन्दरहरैंचामा देखिएको थियो। परीक्षणपछि २०७७ साउन १२ गते औपचारिक रूपमा पुष्टि गरिएको थियो।

केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वरका अनुसार हालसम्म यो रोग देशका ७६ जिल्लामा फैलिएको छ। हालसम्म पाँच लाख ५५ हजारभन्दा बढी पशु संक्रमित भइसकेका छन् भने २१ हजारको ज्यान गइसकेको तथ्यांक छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like