- by समाचार कक्ष
- Mar 06, 2025
काभ्रेपलाञ्चोक, २५ असार – काभ्रेपलाञ्चोकको खहरे खोलाबाट आएको लेदोले अवरुद्ध भएको बीपी राजमार्ग पन्छाइएपछि यातायात सेवा सुचारु भएको छ।
मंगलटार प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीको अनुसार, रोशी गाउँपालिका–९ पिन्थलीबेशी, फेदीखोला र रोशी–७ को चारसय बेशीमा पुरिएको लेदो हटाइएपछि राजमार्ग फेरि खोलिएको हो। सडक विभाग, रोशी गाउँपालिका र प्रहरीको समन्वयमा लेदो पन्छाइएको थियो।
मंगलबार राति १ बजेदेखि अवरुद्ध भएको सडक लेदो हटाइएपछि दुबैतर्फी यातायात सेवा सुचारु भएको छ।
राजमार्ग बन्द भएपछि काभ्रेतर्फ जाने सवारीहरू काभ्रेभञ्ज्याङ र भकुण्डे बाटोमा र सिन्धुलीतर्फबाट आउने सवारीहरू खुर्कोटमा रोकिएका थिए।
अहिले बीपी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा छ