Saturday, July 18, 2026

काभ्रेमा ६० ग्रामभन्दा बढी खैरो हेरोइनसहित पाँच जना पक्राउ, दुई जनामा लागुऔषध सेवन पुष्टि


काठमाडौं, २४ असार — काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ मंगलटारबाट ६०.०६ ग्राम खैरो हेरोइनसहित पाँच जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय मंगलबारेबाट इन्स्पेक्टर निकिता मिश्राको नेतृत्वमा खटिएको प्रहरी टोलीले बागमती प्रदेश ०१–०३४ च ६५९४ नम्बरको कारमा सवार पाँच जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा २० वर्षीया रितु जैसी पनि रहेकी छन्।

प्रहरीका अनुसार जैसीले कम्मरमा बाँधेको ज्याकेटको गोजीबाट ६०.०६ ग्राम खैरो हेरोइन बरामद भएको हो।

घटनापछि कारमा रहेका सबैको लागुऔषध सेवन परीक्षण गरिएको थियो। परीक्षणका क्रममा सबिन कोइराला र जगत खत्रीले लागुऔषध सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा संलग्न पाँचै जनालाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like