Thursday, April 16, 2026

जेनजी घटनाः गोली हान्ने, हान्न लगाउने र नरोक्ने सबैलाई कारबाही सिफारिस


काठमाडौं - जेनजी आन्दोलन घटनाको अनुसन्धान गर्न गठित आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले गोली हान्न लगाउने, हान्ने र रोक्न नसक्ने सबै जिम्मेवारलाई कारबाही सिफारिस गरेको बताएका छन्।

प्रधानमन्त्री सुशीलाको कार्कीलाई प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्कीले प्रतिवेदन केही ढिला बुझाएको बताए, “हामीले जो जिम्मेवार छन्, उनीहरूलाई कानूनी रूपमा कारबाही गर्न सिफारिस गरेका छौँ। प्रतिवेदन अब सरकारले सार्वजनिक गर्नेछ। अहिले सबै कुरा खुलाउन मिल्दैन।”

अध्यक्ष कार्कीले २३ र २४ गतेको घटनामा दोषीहरूको कानूनी कारबाही गर्न सिफारिस गरिएको जानकारी दिएका छन्। उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौंका सिडिओलाई कारबाही सिफारिस गरेकोबारे खुलाउन चाहेनन्।

कार्कीले आयोगको कामसँग चुनावको कुनै सम्बन्ध नभएको स्पष्ट गर्दै प्रतिवेदन बुझाउन ढिला गरेको बारे गलत प्रचार गरिएको पनि बताए।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like