Monday, June 1, 2026

जेनजी आन्दोलनको मौका छोपी जेलबाट भागेका कैदी बैतडीबाट पक्राउ


बैतडी । जिल्ला प्रहरी कार्यालय बैतडीले जेनजी आन्दोलनका क्रममा काठमाडौंस्थित नख्खु कारागारबाट फरार भएका एक कैदीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैतडीको पुर्चौंडी नगरपालिका–७ काफलीका नरेन्द्र सिंह रतोकी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूका अनुसार उनलाई शुक्रबार बिहान घरबाटै नियन्त्रणमा लिइएको हो ।

इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज प्रहरी निरीक्षक इन्द्रराज भट्टको नेतृत्वमा खटिएको टोलीले बिहान करिब ४:३० बजे रतोकीलाई पक्राउ गरेको जनाएको छ ।

रतोकी गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका थिए । उनीविरुद्ध जबरजस्ती करणी तथा डाँकाचोरी मुद्दामा १७ वर्ष ६ महिनाको कैद सजाय फैसला भएको प्रहरीले जनाएको छ ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like