- by समाचार कक्ष
- Mar 06, 2025
३ चैत, काठमाडौं - अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि इरानसँगको युद्धमा अहिलेसम्म १३ अमेरिकी सैनिकको मृत्यु भएको छ। अमेरिकी सैन्य अधिकारीका अनुसार युद्धका क्रममा घाइते हुने सैनिकको संख्या करिब दुई सय पुगेको छ।
२८ फेब्रुअरीदेखि मध्यपूर्वमा सुरु भएको आक्रमणमा अहिलेसम्म तीन हजारभन्दा बढीको मृत्यु भएको अनुमान गरिएको छ। बीबीसीले उद्धृत गरेको अनुसार, इरानी समूहहरूले यो संख्या सार्वजनिक गरेका हुन्।
इरानबाहिरका मानवअधिकार कार्यकर्ता न्युज एजेन्सी (एचआरएएनए) ले जनाएका अनुसार कुल मृतकमा १३५१ आमनागरिक र ११२६ सैनिक छन्।
लेबनानमा पनि ८८६ व्यक्तिको मृत्यु भइसकेको छ, जसमा ६७ महिला र १११ बालबालिका छन्। युद्धसँग सम्बन्धित मृत्युहरू युएई, कुवेत, साउदी अरब, बहराइन र ओमानमा समेत रिपोर्ट भएका छन्।