Monday, March 2, 2026

इरान-अमेरिका तनाव बढेपछि सरकारको चेतावनी: इरानमा रहेका नेपालीलाई तत्काल फर्किन आग्रह


काठमाडौं - अमेरिका र इरानबीच बढ्दो तनावका कारण नेपाल सरकारले इरानमा रहेका नेपाली नागरिकलाई यथाशीघ्र स्वदेश फर्किन आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गर्दै हाल इरान जान तयारी गरिरहेका नेपालीलाई आफ्नो यात्रा तत्काल स्थगित गर्न अनुरोध गरेको हो।

मन्त्रालयले जारी गरेको सूचनामा हालको सुरक्षा अवस्था सामान्य नरहेसम्म इरान भ्रमण नगर्न सल्लाह दिइएको छ। साथै, इरानमा रहेका नेपाली नागरिकलाई सम्भव भएसम्म चाँडै त्यहाँबाट बाहिरिन आग्रह गरिएको छ।

सरकारले इरानमा रहेका नेपालीलाई पासपोर्ट, परिचयपत्रलगायतका महत्त्वपूर्ण कागजातहरू सधैं सहजै उपलब्ध हुने सुरक्षित स्थानमा राख्न पनि निर्देशन दिएको छ। साथै, आवश्यक समन्वय र सहायताका लागि नेपालस्थित परराष्ट्र मन्त्रालय तथा कतारस्थित नेपाली दूतावाससँग नियमित सम्पर्कमा रहन आग्रह गरिएको छ।

हाल इरानमा रहेका नेपाली नागरिकको यकिन संख्या भने उपलब्ध नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like