Monday, April 20, 2026

इनिसा बिक हत्याकाण्डमा छानबिन तीव्र पार्न प्रचण्डको माग


२८ फागुन, काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुर्खेतमा १६ वर्षीया किशोरी इनिसा बिकमाथि भएको सामूहिक बलात्कारपछि गरिएको क्रूर हत्याको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको छिटो, निष्पक्ष र प्रभावकारी छानबिन गर्न सरकारसँग माग गरेका छन्।

प्रचण्डले उक्त घटनालाई अत्यन्त पीडादायी र निन्दनीय अपराधका रूपमा उल्लेख गर्दै मृतक इनिसा बिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै उनले शोकमा डुबेको परिवारप्रति समवेदना पनि व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कानुनी कारबाहीको दायरामा ल्याउन सरकार र सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

उनले भने, “घटनाको निष्पक्ष, छिटो र प्रभावकारी छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गरियोस् भन्ने मेरो सरकार र सम्बन्धित निकायसँग जोडदार माग छ।”

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like