Monday, April 20, 2026

‘आदर्शबाट विचलित हुँदा कम्युनिस्टहरू पराजित’ — विद्या भट्टराईको कडा समीक्षा


काठमाडौं। निर्वाचन परिणाम सार्वजनिक भएपछि नेकपा एमालेभित्र आन्तरिक समीक्षा सुरु भएको छ। यही सन्दर्भमा एमाले नेतृ तथा पूर्वमन्त्री विद्या भट्टराईले कम्युनिस्ट पार्टीहरूले आफ्नो मूल दर्शन र सिद्धान्तअनुसार काम गर्न नसक्दा हालको निराशाजनक चुनावी परिणाम आएको टिप्पणी गरेकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा व्यक्त गर्दै उनले कम्युनिस्टहरू परिवर्तनका पक्षधर शक्ति मानिए पनि त्यो छवि व्यवहार र आदर्शवादी आचरणबाट स्थापित हुनुपर्ने बताइन्। तर व्यवहारमा त्यसअनुसारको प्रतिबद्धता नदेखिँदा समस्या उत्पन्न भएको उनको भनाइ छ।

भट्टराईका अनुसार पार्टी सञ्चालनको तरिका र नेताहरूको व्यवहारमा आएको विचलनका कारण आम जनताको अपेक्षा र पार्टीको कार्यशैलीबीच दूरी बढ्दै गएको छ।

उनले वर्तमान चुनावी परिणामलाई विगतका कार्यशैली तथा व्यवहारगत कमजोरीहरूको परिणामका रूपमा विश्लेषण गर्दै अब गम्भीर र रचनात्मक संवाद आवश्यक भएकोमा जोड दिएकी छन्।

उनले विगतका त्रुटिहरू लुकाउने प्रयास गर्नुको सट्टा वस्तुगत समीक्षा गर्नुपर्ने बताउँदै त्यसबाट मात्रै आगामी दिनको सकारात्मक मार्ग तय गर्न सकिने उल्लेख गरिन्।

साथै, उनले आरोप–प्रत्यारोपमा अल्झिनुभन्दा नेतृत्वले गहिरो आत्ममन्थन गर्नुपर्ने आवश्यकता औँल्याएकी छन्। कम्युनिस्ट आन्दोलनलाई पुनः सशक्त बनाउन र जनताको विश्वास पुनः जित्न आदर्श र व्यवहारबीच समन्वय कायम गर्नु अनिवार्य रहेको उनको निष्कर्ष छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like