Monday, April 20, 2026

समानुपातिक मतगणना अन्तिम चरणमा: ८ निर्वाचन क्षेत्रमा मात्रै बाँकी


काठमाडौँ - निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको मतगणना अहिले अन्तिम चरणमा पुगेको छ। देशभरका अधिकांश निर्वाचन क्षेत्रमा मतगणना सम्पन्न भइसकेको भए पनि अझै ८ वटा निर्वाचन क्षेत्रमा गणना सुरु हुन बाँकी रहेको आयोगले जनाएको छ।

आयोगका अनुसार संखुवासभा, इलाम-१, अछाम-२, बाजुरा, गोरखा-१ र २, तथा धनुषा–१ र २ मा समानुपातिकतर्फको मतगणना सुरु हुन बाँकी छ।

यसअघि धनुषा–३, महोत्तरी–१, सर्लाही–२, बारा–१, २, ३ र ४, रौतहट–१, पर्सा–१, २ र ४ मा मतगणना सम्पन्न भइसकेको छ। त्यसैगरी रसुवा, सिन्धुली–१ र २ तथा दोलखामा पनि मतगणना सकिएको छ।

सुदूरपश्चिम प्रदेशका कञ्चनपुर–१, २ र ३, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी र कैलाली–१ मा पनि गणना पूरा भइसकेको छ।

त्यसैगरी ताप्लेजुङ, धनकुटा, झापा–३, मोरङ–२, ३, ४ र ६, सुनसरी–३, तेह्रथुम र उदयपुर–२ मा मतगणना सम्पन्न भएको आयोगले जनाएको छ।

यसैगरी गुल्मी–१, रोल्पा, रुकुम पश्चिम, बाँके–१, २ र ३, अर्घाखाँची, कपिलवस्तु–२, दाङ–२ र ३, पर्वत, तनहुँ, कास्की, लमजुङ, नवलपरासी पूर्व–१ र २, मुस्ताङ, म्याग्दी, स्याङ्जा–१, मनाङ, बाग्लुङ, काठमाडौँका १ देखि १० सम्म सबै, भक्तपुर–१ र २ तथा ललितपुर–१ र ३ मा पनि मतगणना सकिएको छ।

निर्वाचन आयोगका अनुसार बाँकी रहेका निर्वाचन क्षेत्रमा भने मतगणना प्रक्रिया जारी रहेको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like