Thursday, April 16, 2026

गृहमन्त्री सुधन गुरुङको स्पष्ट सन्देश: ‘पिर्के सलामी आवश्यक छैन’


काठमाडौं, २९ चैत - गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय सार्वजनिक गरेका छन्। नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालय भ्रमणका क्रममा उनले यस्तो जानकारी दिएका हुन्।

कार्यालय पुग्दा डीएसपी लक्ष्मण बरालले उनको स्वागत गरेका थिए। सो अवसरमा गृहमन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालय नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी राना, प्रहरी प्रमुख एसपी युवराज खड्का तथा राष्ट्रिय अनुसन्धानका एसपी अभिनयकुमार सिंहलगायत सुरक्षा अधिकारीहरूसँग जिल्लाको शान्ति सुरक्षा अवस्था, सम्भावित जोखिम तथा अन्य समसामयिक विषयमा छलफल गरेका थिए।

यसअघि शनिबार पृथ्वीराजमार्गको स्थलगत निरीक्षण गर्दै उनी चितवन पुगेका थिए। त्यहाँ गृह प्रशासनका कर्मचारीहरूसँग छलफल सकेपछि उनी नवलपुर पुगेका हुन्।

उनको पिर्के सलामी अस्वीकार गर्ने निर्णयलाई सरकारी कार्यशैलीमा सादगी अपनाउने कदमका रूपमा हेरिएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like