- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ । नेपाली बजारमा साताको पहिलो कारोबार दिन सोमबार सुन तथा चाँदी दुवै धातुको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्दै २ लाख ९२ हजार ८ सय रुपैयाँ पुगेको हो। आइतबार यही सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
महासंघले आजका लागि १० ग्राम सुनको मूल्य २ लाख ५१ हजार ३० रुपैयाँ तोकेको जनाएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। चाँदी प्रतितोला १ सय ४० रुपैयाँले बढेर ५ हजार १ सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज १० ग्राम चाँदीको मूल्य ४ हजार ४ सय १५ रुपैयाँ कायम गरिएको छ।