Monday, March 2, 2026

एमालेको निष्कर्ष : झापा–५ मा ओलीको जित सुरक्षित, कुनै चुनावी जोखिम छैन


१६ माघ, काठमाडौं - नेकपा एमालेले झापा क्षेत्र नम्बर ५ मा आफ्नो चुनावी अवस्था पूर्ण रूपमा सुरक्षित रहेको निष्कर्ष निकालेको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले पार्टीको आन्तरिक मूल्यांकन सार्वजनिक गर्दै सो क्षेत्रलाई लिएर कुनै प्रकारको जोखिम नरहेको बताए।

उनका अनुसार सामाजिक सञ्जालमा फैलिएका विभिन्न हल्लाले केही असर पारेको देखिए पनि वास्तविक मतदाता तहमा एमालेको स्थिति मजबुत रहेको पार्टीको ठहर छ।

“सामाजिक सञ्जालमा फैलिने चर्चाले केही प्रभाव त पारेको छ, तर मतदाताबीचको वास्तविक अवस्था हेर्दा झापा–५ मा हामी सुरक्षित छौं,” पोखरेलले भने, “त्यहाँ एमालेका लागि कुनै किसिमको जोखिम छैन भन्ने हाम्रो विश्लेषण हो।”

झापा–५ मा एमालेबाट पार्टी अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेका छन्। सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह पनि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like