Thursday, April 16, 2026

एमाले युवा सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेतामा औपचारिक दाबी पेश


काठमाडौं, २०८२ चैत १८ गते । नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेतामा आफ्नो औपचारिक दाबी पेश गरेका छन्।

च्यासलमा जारी संसदीय दलको बैठकमा नेम्वाङले पार्टीको वर्तमान जनभावना र परिस्थितिलाई ध्यानमा राख्दै दलको नेतृत्वको इच्छा व्यक्त गरेका छन्। बैठकमा सहभागी एक नेताका अनुसार, नेम्वाङले आफ्नो प्रस्ताव अघि बढाउँदा पार्टीको विधि पद्धति र वरिष्ठ नेताहरूको भूमिका सम्मान गर्ने स्पष्ट पारेका छन्।

उनी बैठकमा भनेका छन्, “देशमा उत्पन्न वर्तमान परिस्थितिलाई हामीले नजरअन्दाज गर्न सक्दैनौं। सदनभित्र र बाहिरको अवस्थाबारे हामीले सचेत रहनुपर्छ। म जिम्मेवारीपूर्वक नेतृत्व दिने तयार छु।”

साथै उनले यो पनि स्पष्ट पारेका छन् कि आफ्नो नेतृत्व दाबी गर्नु वरिष्ठ नेताहरूको भूमिकामा कुनै कमी होइन। उनले भनेका छन् कि वर्तमान समयमा दललाई युवा ऊर्जा र अग्रजको अनुभव सँगै अघि बढाउन आवश्यक रहेको छ।

बैठकमा उनको प्रस्तावबारे छलफल भइरहेको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like