Monday, April 20, 2026

एमाले नेतृत्वको शैलीमा कटाक्ष : घिमिरेले भने - ‘सब ठिकठाक छ, महाराज!’


काठमाडौँ। नेपाली कांग्रेससँगको चुनावमा नेपाली एमालेको प्रदर्शन निराशाजनक भएपछि पार्टी नेता वासुदेव घिमिरेले नेतृत्वप्रति तिखो टिप्पणी गरेका छन्।

घिमिरेले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “पञ्चायत ढल्दै थियो, तर पञ्चहरूको रटान उही– सबै ठिक छ, महाराज।” उनले यसबाट पार्टी नेतृत्वको शैलीलाई पञ्चायतकालका पञ्चहरूसँग तुलना गर्दै आलोचना गरेका हुन्।

फागुन २१ को चुनावअघि एमाले छाड्ने निर्णय गरेका रुपन्देहीका घिमिरेलाई पार्टी उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरूले रोक्न खोजेका थिए।

रुपन्देही–३ बाट उम्मेदवार बनेका घिमिरे रास्वपा उम्मेदवार डा. लेखजंग थापासँग पराजित भएका छन्। यस पराजयले उनको टिप्पणीलाई अझ तिखो बनाएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like