- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं, ५ माघ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन्। उनी केही समयअघि हवाइमार्ग हुँदै भद्रपुर विमानस्थल अवतरण गरेका हुन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ओली झापा–५ बाट उम्मेदवार बन्ने तयारीमा छन्।
झापा–५ मा ओलीको प्रतिस्पर्धीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उम्मेदवार बन्ने पक्का भइसकेको छ। रास्वपाका अनुसार बालेन पनि आजै झापा जाने कार्यक्रम तय भएको छ।
बालेन जनकपुरमा आयोजित एक सभालाई सम्बोधन गरेपछि झापा प्रस्थान गर्ने रास्वपाले जानकारी दिएको छ। दुवै चर्चित नेताको उम्मेदवारीसँगै झापा–५ को चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने संकेत देखिएको छ।