Monday, March 2, 2026

चुनाव अब हुनैपर्छ, स्थगित प्रयासहरू बेकार : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यले चुनाव तयारीमा अर्बौं खर्च गरिसकेकोले अब निर्धारित समयमै निर्वाचन हुनैपर्ने बताएका छन्। उनले चुनाव स्थगित गराउने प्रयासहरू अहिले पनि भइरहेको दाबी गरे, तर एमाले कुनै अलमलमा नपरी चुनाव जित्ने तयारीमा लागेको बताउनुभयो।

अध्यक्ष ओलीले भने, “हामी अब चुनाव होस् भन्ने पक्षमा छौं। चुनाव स्थगित हुने प्रयास भइरहेका छन्, तर हामी नअलमलिकन विजयको तयारीमा छौं। अब कुनै अलमल गर्नु हुँदैन।”

उनले विगत ६ महिनासम्म आफूहरूले चुनाव स्थगित नगर्न प्रयास गर्दा कसैले ध्यान नदिएको तर अन्तिम समयमा चुनाव नहुने भनिनु गलत भएको पनि स्पष्ट पार्नुभयो। “देशको खर्च नहुनु पर्थ्यो, अर्बौं खर्च त भइ सक्यो। उम्मेदवारको खर्च नहुनु पर्थ्यो, भइ सक्यो,” ओलीले भने।

साथै, उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै ‘जोडजाम वाला पार्टी’को गतिविधि दुध उमालेर सानो भाँडोमा चर्को आगो बाल्ने शैलीमा भएको टिप्पणी गरे। उनले चेतावनी दिए कि उक्त पार्टीले जित्दैनौं भन्ने मानसिकताबाट अरूको झण्डा जलाउने, वातावरण बिथोल्ने, अपमान गर्ने जस्ता गतिविधि सुरु गरेको छ।

ओलीको भनाइमा एमालेले अब कुनै अलमल नगरी, पूर्ण तयारीका साथ चुनावमा भाग लिन र जित सुनिश्चित गर्न लागिरहेको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like