Monday, March 2, 2026

बालेन शाहको उद्घोष : सुदूरपश्चिमको सपना अब पूरा हुन्छ


काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले सुदूरपश्चिमको विकास र समृद्धिको सपना आफ्नो पार्टीले पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बुधबार धनगढीमा आयोजित परिवर्तन उद्घोष सभामा बोल्दै उनले भने, “सुदूरपश्चिमबासीले देखेको सपना हामीले पूरा गरेरै छोड्नेछौँ। स्वास्थ्य, शिक्षा र पूर्वाधारसम्बन्धी चुनौती समाधान हाम्रो प्राथमिकता हो। दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि पूरा भएन, त्यो अब हामी बनाउनेछौँ।”

शाहले कांग्रेस र एमालेले केवल बाटो बनाउने काममा सीमित रहेको टिप्पणी गर्दै भने, “हामी यहाँ बोल्न होइन, काम गर्न आएको हौं। भोट नदिए पनि रास्वपाले विकास कार्य गरेर देखाउने छ।”

उनले सन्देश दिए कि सुदूरपश्चिमको वास्तविक परिवर्तन अब रास्वपाको एजेन्डामा रहेको छ र उनीहरू कार्यदिशामा सक्रिय छन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like