- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं, २४ फागुन - बाजुरा जिल्लामा सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई ५४० मतले पछि पार्दै जित हासिल गरेका हुन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार गिरीले कुल १७ हजार १७३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी थापाले १६ हजार ६३३ मत पाएका छन्।
यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हेमराज थापा तेस्रो स्थानमा रहेका छन्। उनले तीन हजार ४२८ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रकाश शाह चौथो स्थानमा परेका छन्।
अन्य उम्मेदवारतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका केशरबहादुर शाहीले ३५२ मत प्राप्त गरेका छन् भने नेकपा माओवादीका उम्मेदवार भुपेन्द्र ल्वारले ३३३ मत ल्याएका छन्। प्रगतिशील लोकतान्त्रिक पार्टीका दीपककुमार डिसीले ९७ मत पाउँदा स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले ७२ मत प्राप्त गरेका छन्।